१८ भाद्र २०८३, बिहीबार
मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आयोजक मलेसियालाई १०३ रनमा अलआउट गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमा अलआउट भएको हो । मलेसियाका लागि कप्तान साइद अजिजले सर्वाधिक ३० रन बनाए भने अकिल वाहीदले २४ रन बनाए ।


विरानदीप सिंहले १४, मुहम्मद स्याहदात राम्लीले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि करण केसीले ७.३ ओभरमा २३ रन दिएर ४ विकेट लिए । ललित राजवंशीले २ तथा हेमन्त धामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।
नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई पराजित गरेको थियो ।