एसीसी प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित, साउदी ५ विकेटले पराजित
होमल्याण्ड खबर
२०८३ भाद्र २१ गते, आईतवार १४:२६ मा प्रकाशित
मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ ।
लगातार जितसहित सेमिफाइनलमा प्रवेश गरेको नेपालले आज साउदी अरेबियालाई ५ विकेटले हराएको हो । यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई र दोस्रो खेलमा मलेसियालाई हराएको थियो ।