सुनको मूल्य बढ्याे

होमल्याण्ड खबर

२०८३ भाद्र ३१ गते, बुधबार १२:३८ मा प्रकाशित

बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ।

आज छापावाला सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला ३ लाख १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअनुसार चाँदीको मूल्य प्रतितोला ८५ रुपैयाँले बढेको हो।