९ मंसिर २०८१, आईतवार
सरकारले यस वर्षभित्र सय झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले सय पुल निर्माण गर्ने लक्ष्य राखेको हो ।
अहिले एक सय ४० पुल निर्माणाधीन अवस्थामा रहेको डिभिजनका इञ्जिनीयर हुमाकान्त मिश्रले बताए । यो वर्ष निर्माण गरिने पुलमध्ये करिब ९० पुल पहाडी इलाकामा र बाँकी तराईमा बन्ने भएको छ । तत्काल मोटरबाटो नपुग्ने स्थानमा झोलुङ्गे पुल निर्माण भइरहेका छ । उनले भने, ‘झोलुङ्गे पुलका लागि अहिले मोटरबाटो नभएको र अबका केही वर्षसम्म पनि मोटरबाटो नपुग्ने ठाउँलाई छनोट गरिएको छ ।’
सडक, पुललगायतका विकास निर्माणका काममा ठेकेदारका कारणले पनि ढिलाइ हुने गरेको छ । ठेक्का सम्झौता अवधि सकिँदासमेत निर्माण सम्पन्न नगर्ने कम्पनीलाई जरिवानाको प्रक्रियासमेत थालिएको छ । अहिले निर्माणाधीन कतिपय पुलले पहिलेका तुइन विस् थापित गर्ने छन् ।
उनले भने, ‘जग्गा विवाद भएका ठाउँबाहेक अरु ठाउँमा सक्ने लक्ष्य छ ।’ डिभिजनले एक सय २० मिटरभन्दा लामो झोलुङ्गे पुल निर्माण गर्ने र त्योभन्दा कम लम्बाईको पुल स्थानीय तहले निर्माण गर्छ ।