आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

होमल्याण्ड खबर

२०८३ आश्विन ९ गते, शुक्रबार ११:५१ मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ५६ हजार रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ९६१ रुपैयाँ कायम भएको छ ।