९ आश्विन २०८३, शुक्रबार
सप्तकोसी नदीमा पानीको सतह बढ्दै गएको छ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण बहाव बढेको हो ।
शुक्रबार मध्याह्न १२ बजे गरिएकाे मापनमा कोसी ब्यारेजमा जलसतह दुई लाख १७ हजार ४१५ क्युसेक प्रतिसेकेन्ड पुगेको छ ।


“सप्तकोसीमा पानीको सतह बढिरहेको छ । आज (शुक्रबार) बिहान ११ बजे दुई लाख १० हजार ५८० क्युसेक प्रतिसेकेन्ड रहेको जलसतह बढेर मध्याह्न १२ बजे दुई लाख १७ हजार ४१५ क्युसेक प्रतिसेकेन्ड पुगेको छ,” जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काले बाह्रखरीसँग भने ।
पानीको सतह बढ्दै गएपछि कोसी ब्यारेजका २६ ढोका खुला गरिएको उनले जानकारी दिए ।