सेयर बजारमा दोहोरो अंकको गिरावट

होमल्याण्ड खबर

२०८३ आश्विन १२ गते, सोमबार १६:०६ मा प्रकाशित

साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट आएको छ। गत साता पनि घटेर बन्द भएको नेप्से परिसूचक सोमबार १६.४७ अंकले घटेको हो।

कारोबार सकिँदा नेप्से परिसूचक २ हजार ६१३.३३ विन्दुमा झरेको छ। सोमबार २२३ कम्पनीको सेयर मूल्य घट्दा ५० कम्पनीको मूल्य बढेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.३४ अंकले घटेर ४६७.६७ विन्दुमा पुगेको छ। कारोबारमा रहेका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक घटेको छ भने एउटा उपसमूहको सूचक बढेको छ।

नेप्से घटेको दिन पनि कारोबार रकम भने ५ अर्ब रुपैयाँभन्दा माथि रहेको छ। सोमबार ३५७ कम्पनीका १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर ५८ हजार ५०० पटक खरिद–बिक्री हुँदा कुल ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ रुपैयाँको कारोबार भएको छ।

सोमबारको कारोबारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।