एसियन गेम्स क्रिकेटः वर्षा बाधक बन्दा श्रीलंकासँगको खेल रद्द, नेपाल बाहिरियो

होमल्याण्ड खबर

२०८३ आश्विन १३ गते, मंगलवार १०:३४ मा प्रकाशित

एसियाली खेलकुद अन्तरगत पुरुष क्रिकेटमा श्रीलंकासँगको क्वाटरफाइनल खेल वर्षाका कारण हुन नसकेपछि नेपाली क्रिकेट टोली बाहिरिएको छ ।

जापानमा जारी प्रतियोगिताको नागोयाको कोरोगी स्पोर्टस पार्कमा नेपाल र श्रीलंकाको खेल टस पनि हुन नपाई रद्द भएको हो ।

शीर्ष वरीयताको टोली अघिल्लो चरणमा अगाडि बढ्ने प्रावधान अनुसार नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । नागोयामा लगातार वर्षा भइरहेको छ ।

यसअघि नेपाल र जापानबीच शनिबार भएको समूहचरणको खेल पनि वर्षाले पूरा हुन पाएको थिएन ।

सेमिफाइनलमा श्रीलंका र भारत भिड्नेछन् ।