सुन तोलमा २९ सय घट्यो

होमल्याण्ड खबर

२०८३ आश्विन १८ गते, आईतवार ११:२९ मा प्रकाशित

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १४०.८ अमेरिकी डलर र चाँदी ६०.४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।