सुनको मूल्य स्थिर, चाँदी १५ रुपैयाँले घट्यो

होमल्याण्ड खबर

२०८३ आश्विन २० गते, मंगलवार ११:१६ मा प्रकाशित

साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १५ रुपैयाँले घटेर प्रतितोला ४४१५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४९ हजार ९ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३७८५ रुपैयाँ कायम भएको छ ।