ममाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउन तयार छु : खगेन्द्र सुनार

होमल्याण्ड खबर

२०८३ आश्विन २७ गते, मंगलवार ११:३८ मा प्रकाशित

रास्वपा सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताएका छन् ।

एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि सुनारले सो अभिव्यक्ति दिएका हुन् । उनलाई पार्टीले सार्वजनिक पदमा रहेर औपचारिक कार्यक्रममा संलग्न हुन रोक लगाउँदै छानबिन अघि बढाएको छ ।

फेसबुकमा आज बिहान एक भिडियो अपलोड गर्दै उनले आफूमाथि लागेका आरोपमा छानबिनका लागि सघाउने बताएका छन् । ‘म जनताको बीचमा उठेका प्रत्येक प्रश्नको जवाफ दिन तयार छु । म जनताको कठघरामा सार्वजनिक ठाउँमा जतिबेला पनि उभिन तयार छु,’ सांसद सुनारले भनेका छन्, ‘राज्यले गरेको पार्टीले गरेको सबै खालका छानबिनमा म सघाउन तयार छु । मैले केन्द्रीय समितिबाट पनि निलम्बित हुनुपर्छ भने म तयार छु । सांसदबाट निलम्बित हुन पनि म तयार छु ।’