२८ आश्विन २०८३, बुधबार
रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा मैज्दात रु १३ अर्ब २३ करोड ११ लाख ५३ हजार ८९७ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेको खातामा दुई करोड ९७ लाख ४७ हजार ५३२ अमेरिकी डलर पुगेको छ ।

