पानी पर्‍यो भने एनपीएलका खेल के हुन्छ ?

होमल्याण्ड खबर

२०८३ कार्तिक १३ गते, बिहीबार १४:०८ मा प्रकाशित

बंगालको खाडीमा विकसित भएको ‘अर्नब चक्रवात’को असर नेपालमा पनि परेको छ । काठमाडौंको आकाश धुम्म भएको छ । मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको प्रभावका कारण नेपालमा पनि वर्षा र हिमपात हुने जनाएको छ ।

योसँगै काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का खेल के हुन्छ भन्ने जिज्ञासा र चिन्ता बढाएको छ ।

यदी वर्षा भएमा एनपीएलका खेल प्रभावित हुनेछ । वर्षाका कारण खेल रद्द हुन सक्छ । वर्षाका कारण खेल हुन नसक्ने अवस्था सिर्जना भएमा दुवै टोलीलाई एक एक अंक दिइने जनाइएको छ ।

खेल नै नभइ रद्द भएमा एक एक बाँडिँदा खेल भइरहँदा वर्षा भएमा खेल डर्कवर्थ लुइस (डीएलएस) ओभर छोट्याएर खेल पुनः सञ्चालन गरिनेछ । तर, लामो समय वर्षा भइरह्यो भने खेल रद्द वा डीएलएसका आधारमा खेलको निर्णय गर्नुपर्ने हुन सक्छ ।

साथै, पहिलो इनिङ चलिरहेको अवस्थामा वर्षाका कारण खेल हुन नसकेको खण्डमा रद्द गरिनेछ भने दोस्रो इनिङको खेल वर्षाका कारण हुन नसके डीएलएसका आधारमा निर्णय गर्न सकिने जनाइएको छ । तर, यसका लागि कम्तीमा पनि ५ ओभरको खेल भएको हुनुपर्नेछ । अन्यथा खेल रद्द हुने जनाइएको छ ।