शुक्रबार सुनचाँदीको मुल्यमा गिरावट

होमल्याण्ड खबर

२०८३ कार्तिक १४ गते, शुक्रबार ११:२३ मा प्रकाशित

शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँले घटेको हो।

यससँगै आजका लागि सुनको प्रतितोला मूल्य २ लाख ८० हजार ३ सय रुपैयाँ कायम गरिएको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदीको भाउ तोलामा १०५ रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ९३० रुपैयाँ रहेको चाँदीको भाउ घटेर आज ३ हजार ८२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।