२८ फाल्गुन २०८२, बिहीबार
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर इलाममा १६ औं चरणको सत्याग्रह शुरु गरेका डा. गोविन्द केसीको समर्थनमा भोलि शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन हुने भएको छ ।
डा. केसीको समर्थनमा ऐक्यबद्धता अभियानको आह्वानमा शनिबार मध्यान्ह १२ बजे माइतीघरमा प्रदर्शन गर्न लागिएको अभियन्ता प्रितम सुवेदीले बताए ।
१५औँ अनशनका क्रममा सरकारले आफूसँग गरेको सम्झौताविपरित संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट विधयेकमाथिको प्रतिवेदन पारित भएपछि डा. केसीले इलामबाट १६ औँ सत्याग्रह पुस २५ मा ६ बुँदे माग राखेर सुरु गरेका थिए ।

