२८ फाल्गुन २०८२, बिहीबार
म्याग्दीमा आज बिहानै सवा ८ बजे बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
बेनिबाट नारायणघाटतर्फ जाँदै गरेको ग. १. ख६१०८ नम्बरको बस बाटोबाट करिब ६० मिटर तल कालीगण्डकीमा खसेको हो ।


मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका–८ का एकै परिवारका सेते परियार र टीका परियार, म्याग्दीको पाखापानीका राजेश पुन र विषमाया पुन, बाग्लुङ नगरपालिका–४ खुँडुलेका शान्ति केसी रहेका छन्। भने मृतक बाँकी अरु दुई जनाको खनाखत हुन सकेको छैन।
गम्भीर घाइते चार जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ। भने अन्य घाइतेहरुलाई उपचारको लागि बाग्लुङ र बेनि हस्पिटलमा लगिएको प्रहरीले जनाएको छ ।