ढकाल र अधिकारी थाइल्याण्ड र फ्रान्सका लागि राजदूत अनुमोदित

होमल्याण्ड खबर

२०७५ माघ ३ गते, बिहीबार १५:२१ मा प्रकाशित

संसदीय सुनुवाई समितिले दुई जना राजदूतको नाम सर्बसम्मत रुपमा अनुमोदन गरेको छ ।

थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकाल र फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारीलाई बिहीबार बसेको समितिको बैठकले अनुमोदन गरेको हो ।

सरकारले पाँच देशका लागि राजदूत सिफारिस गरेकोमा बिहीबार दुई जनाको सुनुवाइ भएको र बाँकी तीन जनाको सुनुवाइ माघ ८ गते ११ बजे हुने जनाइएको छ ।