डा. केसी ‘उच्च जोखिममा’

होमल्याण्ड खबर

२०७५ माघ ६ गते, आईतवार ११:४० मा प्रकाशित

चिकित्सा शिक्षा सुधारको माग राखी ११ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी स्वस्थ्य संक्रमणको उच्च जोखिममा रहेको चिकित्सकले बताएको समाचार आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, केसी त्रिवि शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएका उनको शरीरमा सेतो रक्तकणिकाको संख्या ३ हजारमा झरेको चिकित्सकको भनाइ छ ।

संक्रमणको जोखिम ध्यानमा राखी केसीलाई स्वास्थ्य टोलीबाहेक कसैसँग भेट्न दिइएको छैन ।

अस्पतालका अनुसार केसीलाई एन्टिबायोटिक दिई निमोनियाको उपचार गरिँदै छ ।

शनिबार पूर्वराष्ट्रपति डा। रामवरण यादव शिक्षण अस्पताल गएर केसीको स्वास्थ्यबारे जानकारी लिएका छन् ।