९ श्रावण २०८३, शनिबार
आइतबार राति साडे ११ बजे त्रिशूली नदीमा ट्रक खस्दा चालक बेपत्ता भएका छन् ।
चितवनबाट नुवाकोटतर्फ भुस बोकेर जाँदै गरेको ट्रक पृथ्वीराजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको हो।


ना ३ ख १८३ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई नदीमा खस्दा धादिङ घर भएका ट्रकका चालक २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् ।
त्यस्तै सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बेपत्ता चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।