२८ फाल्गुन २०८२, बिहीबार
सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङजाको वालिङ नगरपालिका—१३ गाहाखोलामा गुडिरहेको ट्रकमा सडक माथिबाट ढुङ्गा खस्दा चालकको मृत्यु भएको छ ।
स्याङजावाट बुटवलको लागि छुटेको ग १ क ३७७२ नम्बरको मिनि ट्रकमा अचानक ढुङ्गा खसेर लाग्दा पुतलीबजार नगरपालिका–३, का २८ वर्षीय प्रेम शर्माको मृत्यु भएको हो ।


ढुङ्गाले ट्रकलाई छेडेर चालकको टाउकोमा लागेको र उनलाई वालिङ स्वास्थ्य केन्द्रमा उपचारको लागि पुर्याइएको र उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकका सहचालक राजन विक भने सकुशल रहेको जनाइएको छ ।