२८ फाल्गुन २०८२, बिहीबार
मंगलबार राति भोजपुर केन्द्र भएर भूकम्प गएको छ ।
मंगलबार राति साढे १० बजे ४.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


भूकम्प भोजपुर र खोटाङको सीमा क्षेत्र धोत्लेखानी केन्द्रबिन्दु भएर गएको र यसको झड्का आसपासका जिल्लामा समेत महसुस गरिएको बताइएको छ ।
यो गोरखा भूकम्पको पराकम्प नभई नयाँ भूकम्प भएको मापन केन्द्रले जनाएको छ ।