सप्तरीमा प्रहरी इन्काउन्टर एकको मृत्यु

होमल्याण्ड खबर

२०७५ माघ ९ गते, बुधबार १०:१५ मा प्रकाशित

सप्तरीमा प्रहरीको इन्काउन्टरबाट एक जनाको मृत्यु भएको छ ।

एक साताअघि सप्तरीको खडक नगरपालिका स्थित विसनपुर चौकीका प्रहरी हवल्दारलाई गोली प्रहार गर्ने घटनामा संलग्न रहेको आरोप लागेका अभियुक्त दीपेन्द्र जैसवाल भन्ने दीपेन्द्र चौधरी प्रहरी इन्काउन्टरमा मारिएका हुन् ।

प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग बुधबार बिहान भएको मुडभेडमा चौधरी मारिएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख हरिबहादुर पालले जानकारी दिए ।

एक साताअघि सप्तरीमै प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।