पूर्वी नवलपरासीमा दमकलले बसलाई ठक्कर दिँदा २४ घाइते

होमल्याण्ड खबर

२०७५ माघ ९ गते, बुधबार १०:२८ मा प्रकाशित

पूर्वी नवलपरासीमा दमकलले बसलाई ठक्कर दिँदा २४ जना घाइते भएका छन् ।

मध्यविन्दु नगरपालिका १५ प्रसौनीमा कावासोती नगरपालिकाको लु १ ग ३१० नम्बरको दमकलले ८७९७ नम्बरको बसलाई ठक्कर दिँदा बसमा सवार यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारको लागि नयाँ मेडिकल कलेज चितवन पठाइएको छ । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कावासोती नगरपालिकाको दमकल दाउन्नेमा राति खसेको पहिरोका कारण हिलाम्मे भएको सडक पखालेर फर्किँदै गर्दा दुर्घटना भएको हो ।