२८ फाल्गुन २०८२, बिहीबार
मौसम खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको उडान तथा अवतरण प्रभावित भएको छ ।
बाक्लो कुहिरो लागेका कारण भिजिबिलिटी नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको उडान तथा अवतरण प्रभावित भएको हो ।


भिजिबिलिटी कम भएका कारण बिहीबार बिहानैदेखि उडान तथा अवतरण हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।
बिहानैदेखि उडान तथा अवतरण प्रभावित हुँदा यात्रु मर्कामा परेका छन्