२९ फाल्गुन २०८२, शुक्रबार
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद कर्मचारी संघ केन्द्रीय समितिले सानोठिमिस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको प्राङ्गणमा धर्ना दिएका छन् ।
बिहिबार समितिका अध्यक्ष नविन कुमार गुरुङको नेतृत्वमा ५ बुँदे माग सहित बिहान ११ बजेदेखि धर्ना सुरु भएको हो ।


धर्नामा रहेका कर्मचारीहरुले प्राविधिक संरचना अनुसार स्थापना हुन लागेका प्रदेशहरुमा निस्शर्त अधिकृत स्तर प्रथम श्रेणीको कर्मचारीलाई प्रमुखको जिम्मेवारी दिइ परिषदको उपस्थितिमा मजवुद पारिनुपर्ने, कर्मचारी सेवा शर्त बिनियमावलीको बर्खिलाप हुनेगरी राजनैतिक आस्थाको आधारमा गरिएका सरुवाहरु तत्काल बदर गरिनुपर्ने, परिषदको नयाँ ऐनका बिषयमा सम्पूर्ण कुराहरु गुमराहमा राखेको हुँदा त्यसको तत्काल जानकारी दिनुपर्ने, स्थापना हुन लागेका प्रदेश कार्यालय स्वयत्तरुपमा प्रदेश रहेको स्थानमा स्थापना हुनुपर्ने र खटाउने स्थायी र सेवा करारका कर्मचारीहरुको आवेदन माग गरेर सोही स्थानमा खटाउनुपर्ने र कुनैपनि जिम्मेवारी दिँदा परिषदका महाशाखा र समबन्धित कार्यालयको उदेश्यसँग मेल खाने गरि जेष्ठता र योग्यताको आधारमा दिनुपर्ने माग राखेका छन् ।