९ मंसिर २०८१, आईतवार
यही माघ २५ गतेदेखि काठमाडौंको भृकुटीमण्डवमा ‘नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रर्दशनी’ आयोजना हुने भएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्माण सामग्रीहरुको अन्तराष्ट्रिय प्रर्दशनी ‘नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रर्दशनी’ आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।
निर्माण सामग्रीहरुबारे विस्तृत जानकारी दिने उद्देश्यका साथ प्रर्दशनी आयोजना गर्न लागिएको प्रर्दशनीको टाईटल स्पोन्सर आरती स्ट्रिप्स प्रालिका प्रबन्ध निर्देशक प्रज्ञान भट्टराईले जानकारी दिए ।
३ दिनसम्म चल्ने प्रर्दशनीमा अन्तर्राष्ट्रिय स्तरमा निर्माण कम्पनीहरुसहितको १ सय ५० भन्दा बढि स्टल रहनेछन ।
प्रर्दशनीमा भूकम्प प्रतिरोधी घर निर्माणका लागि विस्तृत जानकारी दिने व्यवस्था पनि हुने आयोजक संस्थाहरुले जनाएका छन । प्रर्दशनी पुनर्निर्माणको अभियानमा सघाउ पुर्याउन पनि सहयोगी हुने विश्वास लिइएको छ ।