शैक्षिक हड्तालका कारण आज शिक्षण संस्था बन्द

होमल्याण्ड खबर

२०७५ माघ २४ गते, बिहीबार १०:१० मा प्रकाशित

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको अनेरास्ववियु (क्रान्तिकारी)ले शैक्षिक हड्ताल घोषणा गरेका कारण आज मुलुकभरका सबै शिक्षण संस्था बन्द भएका छन् ।

आफ्ना केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियु (क्रान्तिकारी)ले आज एक दिन देशभरका शैक्षिक संस्था हड्तालको घोषणा गरेको हो ।

शैक्षिक हड्तालका कारण आज देशभरका शैक्षिक संस्थाको पठनपाठन प्रभावित बनेको छ ।

शैक्षिक सत्रको अन्त्यतिर विद्यालय बन्द गरिँदा पढाइ तथा विद्यार्थीको भविष्यमै असर गर्ने अभिभावकले बताएका छन् ।