२९ फाल्गुन २०८२, शुक्रबार
पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर सुरु भएको वर्षा र हिमपात शुक्रबार पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।


शनिबारसम्म पश्चिमबाट मौसममा केही सुधार देखिने जानकारी दिँदै महाशाखाले पूर्वतिर भने शनिबार पनि अहिलेकै अवस्थाको बदली रहने छ । तर, आइतबार भने तुलनात्मकरुपमा मौसममा केही सुधार आउनेछ ।
काठमाडौं आसपासका क्षेत्रमा आज दिउँसो आकाश केहीबेर खुले पनि पुनः बदली भई वर्षा हुने महाशाखाले जनाएको छ ।
शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना देखिएको छ ।
आइतबारबाट भने मौसममा सुधार आउने महाशाखाले जनाइएको छ ।