२९ फाल्गुन २०८२, शुक्रबार
धादिङको गजुरीबाट ३६० किलो चरेससहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।
आइतबार बिहान काठमाडौंबाट भारततर्फ जाँदै गरेको एस आर५५एम९४८४ नं को भारतीय कन्टेनरमा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा चरेससहित उनीहरु पक्राउ परेका हुन् ।


पक्राउ पर्नेमा भारत मैनपुरी जिल्ला सुरवली थाना उत्तरप्रदेश निवासी गाडी चालक ६४ वर्षीय ओम प्रकाश र साहु भारत मोतिहारी जिल्ला तुमरीय टोल रक्सोलका ३४ वर्षीय गुलाफ खान रहेका छन् । प्रहरीले ट्रक सहचालक समेत पक्राउ गरेको भए पनि नाम खुलाएको छैन ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय गजुरीले हिरासतमा लिएको छ ।
सवारी साधन र लागुऔषध बरामद गरिएकाले लागुऔषध ओसारपसारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।