८ मंसिर २०८१, शनिबार
एसिया प्रशान्त क्षेत्रीय संचालन प्रविधि सम्मेलन (एप्रिकोट) फागुन ७ देखि १५ सम्म काठमाडौँमा आयोजना भैरहेको छ । २२ बर्षको इतिहासमा नेपालमा आयोजना गरिएको यो सबैभन्दा ठुलो कार्यक्रम हो । एसिया प्रशान्त इन्टरनेट संघ (एपिआइए) र एसिया प्रशान्तर नेटवर्क सूचना केन्द्र (एपिनिक) ले स्थानीय सहयोगी इन्टरनेट एक्सचेञ्ज नेपाल (एनपिआइएक्स) सँगको सहकार्यमा उक्त सम्मेलन आयोजना भएको हो ।
दश दिन सम्म चल्ने उक्त सम्मेलनमा विश्वभरबाट एक हजारभन्दा बढीको सहभागिता रहने छ । नेपालसहित अमेरिका, युरोप, एसियाका बिभिन्न देशहरुबाट २ सय ७१ जनाको सहभागिता रहेको छ । कार्यक्रमको औपचारिक उद्घाटन भने १३ फागुनमा हुने जनाइएको छ । काठमाडौँका मेयर बिद्यासुन्दर शाक्यले उद्घाटन गर्ने कार्यक्रममा विभिन्न बिदेशी तथा स्वदेशी बिज्ञहरुको कार्यपत्र प्रस्तुत हुनेछ । अमिर खान, सह सस्थापक भिप्टेला (सिस्को) मुख्य कि-नोट स्पिकरको रुपमा रहेका छन् । त्यसैगरी विल चार्नोक, सह सस्थापक पकेट फेब्रिक र नेपालबाट महाबिर पुनको कार्यपत्र प्रस्तुत हुनेछ ।
उक्त सम्मेलन एसिया प्रशान्त नेटवर्क संचालकहरुको मञ्च, एपिनिकको सदस्यहरुको छलफल तथा साधारण सभा, दक्षिण एसियाली नेटवर्क संचालक समूह (सानोग) का साथै नेटवर्क सुरक्षाका समपिर्त फस्र्ट, एपसर्ट एवम् अन्य एसिया प्रशान्त क्षेत्रका इन्टरनेट संगठनहरुको संगमस्थलको रुपमा रहेको छ । उक्त कार्यक्रमलाई नेपाल दुरसंचार प्राधिकरणका साथै साथै स्थानीय सूचना प्रविधि संगठनहरुको सहयोग रहेको छ । यसैगरी सम्मेलनमा विपटेला कम्पनीका सह संस्थापक अमिर खानले आफ्नो अनुभवहरु सुनाउने छन । यस क्रममा उनले पछिल्ला दुई दशकको अनुभव एवम् आगामि दशकको मार्ग्चित समेत प्रस्तुत गर्नेछन् ।
यसैगरी प्याकेट फेब्रिक का सहसंस्थापक विल चारनोकले नेटवर्किङ प्रविधिमा भइरहेका विकाशको भविष्य प्रभावी धारणा प्रस्ट गर्नेछन् । यसैगरी स्थानीय वक्ताको रुपमा उक्त सम्मेलनमा नेपाली इन्टरनेट एवम् ताररहित प्रविधि अभियन्ता डा. महाविर पुनले आफ्ना अनुभव एवम् स्मार्ट सिटीको बारेमा आफ्नो धारण प्रस्तुत गर्नेछन् । फागुन ७ देखि सुरु भएको सम्मेलनको कार्यशाला सेसन चलिरहेको छ ।