९ मंसिर २०८१, आईतवार
२०७२ बैशाख १२ गतेको भूकम्पबाट क्षति भएकोको नेपाल प्रज्ञा प्रतिष्ठानजिणोद्धार भइरहेको छ । सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले प्रज्ञा प्रतिष्ठानको जिर्णोद्धारसँगै बर्षातको पानी जम्मा गर्नका लागि वाटर फाउन्टेन पनि निर्माण गर्ने जानकारी दिए । जिणोद्धार मात्र काम भएकाले भवनको पुरानो डिजाइनमा कुनै परिवर्तन नगरिने छैनन् गिरीले जानकारी दिए । १६ करोड ९८ लाख २७ हजार रुपैयाँ बजेटमा काम गरिरहेको पनि गिरीले बताएका छन् ।
भूकम्पबाट भवनामा क्षति पुगेकाले जिर्णोद्धारलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको छ । जिर्णोद्धार गरिने भएकाले भवनको डिजाइनमा कुनै किसिमको परिवर्तन गरिने छैनन् । भूकम्पबाट चर्केका भित्ताहरुलाई बलियो बनाउन रेक्ट्रोफिटिङलाई प्राथमिकतामा राखेर काम गरिँदै छ ।
वाटर फाउन्टेन थपिने
नयाँ संरचनाको रुपमा प्रतिष्ठानको चौरमा बर्षातको पानी संरक्षण गर्नका लागि वटार फाउनटेनको निर्माण गरिनेछ । सो फाउन्टेनमा संकलित हुने पानी अगलागीलगायतका प्राकृतिक विपत्तको सामना गर्नका लागि निर्माण गर्न लागिएको गिरीले बताए । जिर्णोद्धारसँगै ढल र पानीका पाइपलाईनको काम पनि अगाडि बढाइएको छ । पुरानो प्रविधिको प्रयोगगरी निर्माण गरिएका ढल र पानीका पाइपलाईनहरु भूकम्पका कारण भवनमा क्षति हुनुपूर्व नै जिर्ण अवस्थामा पुगिसकेका थिए । हाल भवनको जिर्णोद्धारको समयमा ड्रेनेज र स्यानिटेसनको काम पनि अघि बढाएको प्रा. डा गिरी बताउँछन् । भूकम्पका कारण भवनको छत, भ्याल-ढोका, एयर कन्डिसन, हलको सिट, पर्दा, साउण्ड सिस्टम, विद्युतिय उपकरण, लाइटलगायमा क्षति पुगेको थियो ।
भवनको छतमा क्षति पुगेकाले बर्षातको समयमा पानी छिर्नेलगायतका समस्याहरु देखिएका थिए । अघिल्लो बर्षको बर्षातको समय पानीको समस्याका कारण निकै कष्टपूर्वक बस्नु परेको थियो । सो समस्याबाट बच्नका लागि छत टाल्ने काम पूर्णरुपमा सकिएको गिरीले जानकारी दिए । प्रज्ञा भवनको १२६६ सिट क्षमता भएको प्रेक्षालय ९हल०को सिट क्षमता पनि बढाइने छ । सिट क्षमता बढाएर १३ सयभन्दा माथि बाइने उनको भनाइ छ । बेलाबखत हुने लोडसेडिङको सामना गर्नका लागि सोलार प्यानल जडान गरिने छ ।
प्रज्ञा भवनको जिर्णोद्धारका लागि लामा-समान्तर-शान्ती जेभीसँग २०७४ असार २३ गते २ बर्षभित्रमा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएको थियो । प्रा.डा गिरीका अनुसार २०७५ असार मसान्तसम्म जिर्णोद्धारको काम सक्नका लागि ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । ‘असार मसान्तसम्म जिर्णोद्धार सक्न ठेकेदारलाई निर्देशन दिएका छौं, उनीहरुले पनि असार मसान्तसम्म सक्नेगरी काम गरिरहेका छन्,’ गिरीले भने । ‘विभिन्न संघसंस्थाले दशैं तथा तिहारको कार्यक्रमका लागि हल लिजमा लिइसकेका थिए, त्यस समय जिर्णोद्धारको काम अगाडि बढाउँदा कार्यक्रमहरुमा प्रभाव पर्न सक्नेले केहि ढिलो काम अघि बढेको हो,’ अर्यालले भनिन् ।
प्रज्ञा भवन जिर्णोद्धार आयोजना प्रमृख नन्दन शर्माले असार मसान्तसम्म काम सक्नेगरी काम गरिरहेको बताउँछन् । ‘ठेक्का सम्झौता भएको समयभन्दा ढिलोगरी जिर्णोद्धार गर्ने जिम्मा पाएका छौं, २ बर्षको ठेक्का सम्झौता भएपनि असार मसान्तसम्म सक्नेगरी तीब्र गतिमा काम गरिरहेका छौं,’ शर्माले भने । ठेक्का सम्झौता अनुसार ठेकेदार कम्पनीले २०७६ असार २३ गतेसम्ममा प्रज्ञा भवनको जिर्णोद्धार सम्पन्न भइसक्नुपर्ने छ ।