सामसङले ल्यायो उपहार योजना

होमल्याण्ड खबर

२०७४ फाल्गुन २२ गते, मंगलवार ११:३८ मा प्रकाशित

मोबाइल कम्पनी सामसङले ग्यालेक्सी नोट ८ को खरिदमा उपहारको व्यवस्था गरेको छ । बन्डलिङ्ग अफर अन्तर्गत सामसङले उक्त स्मार्टफोनको खरिदमा ग्राहकले सामसङको बटल स्पिकर, टुटफुट भएमा बीमाको सुविधा तथा एनसेलसँगको सहकार्यमा १६ जिबिको फोर जि डाटा सुविधा पनि उपलब्ध गराएको छ । फोर जि डाटा प्रति महिना २ जिबिका दरले ८ महिनासम्म ग्राहकलाई निरन्तर प्राप्त हुने सामसङका ज्योति शाहले बताए । साथै विभिन्न साझेदार बैंकहरुबाट सहज किस्ताबन्दीको सुविधा पनि मिलाइएको छ । सामसङले आफ्ना ग्राहकहरुको चाहनालाई सदैव आत्मसाथ गर्दै उनीहरुको आवश्यकता एवम् चाहनालाई पूरा गरी सहजता प्रदान गर्दै आएको कम्पनीको दाबी छ ।