नेपाली बजारमा सामसङ ग्यालेक्सी एस ९ र एस ९ प्लस

होमल्याण्ड खबर

२०७४ फाल्गुन २९ गते, मंगलवार ०५:२७ मा प्रकाशित


सामसङले नेपाली बजारमा ग्यालेक्सी एस ९ र ९ एस प्लसलाई सार्वजनिक गरेको छ । एस ९ तथा ९ एस प्लस मा इमेज, भिडियो तथा इमोजीहरु शेयर गर्न सामसङले विशेष प्रविधिको प्रयोग गरेको छ ।
यसमा संशोधित गरिएको डुअल अर्पाचर लेन्स, लो लाइट क्यामेरा, सुपर स्लोमोसन भिडियो खिच्न सकिने सुविधा तथा पर्सन लाईज्ड ए आर इमोजीस तथा डल्बी एटमोसको साथ एकेजीद्वारा सुसज्जित गरिएको स्टेरियो स्पिकर छ । एस ९ र ९ एस प्लसमा एककेजी, अझ बढी सुधारिएको रिफाइन्ड एज टु इन्फिनिटी निटी डिस्प्ले तथा नयाँ स्मार्ट थिंङ्स एप, सामसङको विद्यमान एलओटी सेवा सहित उपलब्ध गरिएको छ ।यी फोनबाट व्यापक सुविधाहरु प्राप्त गर्न सकिन्छ ।सामसङ मोबाइल कम्पनीले बताए अनुसार ‘मोबाइल फोनबाट स्व–अभिव्यक्ति एवं कुराकानी तथा हामीले प्रयोग गर्ने स्मार्ट फोनको तरिका परिवर्तन भएको छ,’ एस ९ तथा ९ एस प्लसबाट जुनसुकै वेला उच्चस्तरीय फोटो तथा भिडियो खिच्न सकिने छ । सुपर स्पीड डुअल पिक्सल सेन्सरको साथ डेडिकेटेड प्रोसेसिङ्ग पावर तथा मेमोरी जस्ता विशेषताले गर्दा उच्चस्तरीय फोटो खिच्न सकिनुका साथै फोटोशेयर गर्न सकिन्छ ।