९ मंसिर २०८१, आईतवार
प्रविधिको प्रयोग बढ्न थालेपछि
पछिल्लो समयमा वैंकिङ कारोवार
फस्टाउँदै गएको छ
।
मोबाइल बैंकिङबाट हुने कारोबार
रकमको सीमा बढेको
छ । एक
दिनमा १५ हजारको
मात्रै कारोबार गर्न सकिनेमा
अब ५० हजारसम्मको
कारोबार गर्न सकिने
भएको छ। यसअघि
एक पटकमा अधिकतम
५ हजार रुपैयाँसम्म
मात्रै कारोबार गर्न राष्ट्र
बैंकले स्वीकृति दिएको थियो
।
राष्ट्र बैंकले मौद्रिक नीतिमा भुक्तानी प्रणालीको सुधार गर्ने बताएको थियो। बैंकले भुक्तानी प्रणालीलाई प्रविधिमैत्री बनाउने भन्दै विद्युतीय माध्यमबाट गरिने भुक्तानीलाई बढाउने र नगद कारोबारलाई क्रमशः घटाउँदै लैजाने नीति अवलम्बन गरिने घोषणा गरेको छ।
बैंकले बिलबिनाको कारोबार भने महिनामा एक लाख रुपैयाँसम्म मात्रै कारोबार गर्न पाइने व्यवस्था छ।
इन्टरनेट बैंकिङमा मर्चेन्टबाट कारोबार गर्दा भने प्रतिदिन एक लाख रुपैयाँसम्म कारोबार गर्न पाइन्छ। यस्तो कारोबार महिनामा ३० लाखसम्मको गर्न सकिन्छ।