बालाजुमा मेलम्ची खानेपानीको काम गरिरहेका २ मजदुरको मृत्यु

होमल्याण्ड खबर

२०७६ श्रावण १७ गते, शुक्रबार ११:४२ मा प्रकाशित

काठमाडौं बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन निर्माणको काम गरिरहेका २ जना मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साह रहेका छन् ।

घाइते अवस्थामा उद्दार गरिएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ ।

अहिले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।