२ मंसिर २०८१, आईतवार
भारतीय विपक्षी दल कांग्रेस आईको अध्यक्षमा सोनिया गान्धी चयन भएकी छिन ।
कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले राजीनामा दिएपछि रिक्त रहेका अध्यक्ष पदमा शनिबार रातिसम्म चलेको कांग्रेस केन्द्रीय समितिको बैठकले सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरेको हो ।
केन्द्रीय समितिले राहुललाई राजीनामा फिर्ता लिन आग्रह गर्दा नमानेपछि उनको राजीनामा स्वीकार गरि सोनियालाई अन्तरिम रुपमा अध्यक्ष चयन गरेको हो ।
सोनियाले १९९८ देखि २०१७ सम्म कांग्रेसको नेतृत्व गरेकी थिइन् । त्यसपछि राहुलको हातमा आएको नेतृत्व पुनः सोनियामा फर्किएको हो ।