लोकसेवा विज्ञापन असमावेशी भएको भन्दै आन्दोलनरत ११ जना प्रहरी नियन्त्रणमा

होमल्याण्ड खबर

२०७६ श्रावण २६ गते, आईतवार १५:१२ मा प्रकाशित

काठमाडौंको भद्रकालीमा भेला भएका आरक्षण बचाउ आन्दोलनका सहभागी ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै आन्दोलन गरिरहेको उनीहरुलाई भद्रकालीबाट सिंहदरबार तर्फ जाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

आरक्षण बचाउ आन्दोलनको आयोजनामा भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबार पुगेर धर्नामा परिणत हुने कार्यक्रम अन्तरगत भद्रकालीबाट निस्कने बित्तिकै उनीहरुलाई नियन्त्रणमा लिइएको छ ।

प्रदर्शनकारीहरुले अहिले शान्तिपूर्वक धर्नामा दमन गरेको भन्दै नियन्त्रणमा लिएका प्रदर्शनकारीलाई रिहा गर्न माग गर्दै भद्रकालीमा नाराबाजी गरिरहेका छन्।