२ चैत्र २०८२, सोमबार
भिसा दिन अस्वीकार गरेको काठमाडौं स्थित अमेरिकी राजदूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई दिउँसो पुनः बोलाएर भिसा दिएको छ।
मंगलबार बिहान भिसा नदिएर फर्काइएपछि सन्दीपले सामाजिक सञ्जालमा आफूले सम्पूर्ण कागजातहरु पुर्याएपनि भिसा नदिएको भन्दै गुनासो पोखेका थिए। त्यसले दूतावासको चर्को आलोचना भएपछि रिभ्युका लागि दिउँसो दूतावासले सन्दीपलाई पुनः बोलाएको थियो।


रिभ्यू गर्दै सन्दीपलाई भिसा दिएको उनका नेपाली व्यवस्थापक रमन शिवाकोटीले बताए। अमेरिकाले रिभ्युका लागि दिउँसो बोलाउँदै भिसा दिने उनकाे भनाइ छ।