जम्मु–कस्मिर जनसंघर्ष समितिका अध्यक्ष दिल्ली एयरपोर्टबाट पक्राउ

होमल्याण्ड खबर

२०७६ श्रावण २९ गते, बुधबार १६:१२ मा प्रकाशित

विदेश हिँडेका जम्मु कस्मिर जनसंघर्ष समितिका अध्यक्ष शाह फैसल दिल्ली एयरपोर्टबाट पक्राउ परेका छन् । पूर्व आईएस अधिकारी एवं जम्मु कस्मिर जनसंघर्ष समितिका अध्यक्ष शाह फैसललाई प्रहरीले दिल्ली एयरपोर्टबाट पक्राउ गरेको हाे ।

प्रहरीले बुधबार फैसललाई एयरपोर्टबाटै पक्राउ गरेर हिरासतमा लिएपछि उनलाई जम्मु–कास्मिर पठाइएको छ। अहिले उनलाई घरमै नजरबन्दमा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनी कुन देश हिँडेका थिए भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन।

 केन्द्र सरकारले संविधानको धारा ३७० खारेज गर्दै जम्मु कस्मिरको स्वायत्तता खोसेपछि फैसलले लगातार विवदास्पद अभिव्यक्ति दिँदै आएका थिए। बुधबारमात्रै उनले कस्मिरका अगाडि कठपुतली बन्ने या अलगवादी अभियानमा लाग्ने भन्ने दुई मात्रै विकल्प भएको बताएका थिए। उनले भनेका छन्, ‘हाम्रासामू दुई वटा बाटा छन्। कठपुतली बन्नु या अलगवादी। यसका अलवा अन्य कुनै विकल्प छैन।’

राजनीतिक अधिकार पुनः प्राप्तिका लागि कस्मिरले लामो समयसम्म निरन्तररुपमा अहिंसात्मक राजनीतिक आन्दोलन गर्नुपर्ने बताए।

उनले इदको अवसर पारेर उनले १९४७ मा पाउको अधिकार पुनः प्राप्त भई विशेष राज्यको अधिकार नमिलेसम्म कस्मिरले इद नमनाउने बताएका थिए। उनले कस्मिरका जनता आफ्नो जमिन गलत तरिकाबाट भारतमा मिसाइएको भन्दै रोइरहेको प्रतिक्रिया दिएका थिए।