९ मंसिर २०८१, आईतवार
मल्टी सिन्यारियो फोटोग्राफी र भिडियोका लागि पाँचवटा एआई क्यामरा भएको ह्वावे नोभा फाइभ टी नेपाली बजारमा सार्वजनिक गरिएको छ । यस्तो विशेषता भएको संसारको एकमात्र स्मार्टफोन नेपाली उपभोक्ताले प्रयोग गर्न पाउने भएका हुन् ।
ह्वावे कन्ज्युमर बिजनेस ग्रुप (सीबीजी) ले सार्वजनिक गरेको नयाँ स्मार्टफोनले प्रयोगकर्तालाई सहज रूपमा मोबाइल फोन प्रयोगको प्रिमियम अनुभव प्रदान गर्ने दाबी गरिएको छ । आकर्षक र फ्युचरिस्टिक डिजाइन र पाँचवटा फाइभ एआई क्यामरा भएको नोभा फाइभ टी फेसनमा चाख राख्ने सामाजिक सञ्जालका प्रयोगकर्ताहरूका लागि सर्वोत्तम स्मार्टफोन हो ।
सामाजिक सञ्जालका लागि सबैभन्दा उत्कृष्ट सट महत्वपूर्ण रहेको अहिलेको समयमा ह्वावे नोभा फाइभ टीले सामाजिक सञ्जालका उत्साही प्रयोगकर्तालाई फोटो वा भिडियोसम्बन्धी काम गर्नका लागि यसमा उत्कृष्ट टुलहरू राखिएका छन् । ह्वावे नोभा फाइभ टीका प्रयोगकर्ता प्रिमियम मोबाइल फोटो र भिडियो क्यामराबाट लाभान्वित हुन सक्न्छन् ।
अल्ट्रा–क्ल्यारिटी सहितको ह्वावे नोभा फाइभ टीको ३२ एमपी फ्रन्ट क्यामराले सुक्ष्म रूपमा स्पष्टताका साथ हरेक वस्तुलाई कैद गर्दछ । हाई डेफिनेसन, अल्ट्रा–वाइड एंगल, म्याक्रो तथा डेफ्थ अफ फिल्ड फोटोग्राफी सपोर्ट गर्ने चारवटा रियर एआई क्यामरा जडित नोभा फाइभ टीले एउटै सटमा भास्ट ल्यान्डस्केपदेखि क्लोजअप सटसहित सबैखाले तस्बिर खिच्छ ।
यसमा ४८ एमपीको एचडी लेन्स, १६ एमपी वाइड एंगल लेन्स, २ एमपी म्याक्रो लेन्स र २ एमपी बोकेह लेन्स रहेको छ जसले फोटोको हरेक वस्तुलाई स्पष्ट रूपमा प्रस्तुत गर्ने र सबैखाले प्रकासमा पनि एक्सपोजरलाई सन्तुलित बनाई राख्दछ ।
एआई इमेज स्टेबलाइजेसन, अटो एक्सपोजर लक तथा अटो फोकस लक जस्ता एआई इन्ह्यान्स्ड फोटोग्राफी प्रविधिले तस्बिर स्पष्ट र सुक्ष्म रूपमा खिच्दछ । यस मोबाइल फोनमा भएको शक्तिशाली अटोमेटिक भिडियो एडिटिङ सुविधाबाट नोभा फाइभ टीका प्रयोगकर्ता लाभान्वित हुन्छन् । एआई एचडीआर तथा एलगरिदम भएको नोभा फाइभ टीमार्फत् प्रयोगकर्ताले अँध्यारोमा पनि अविश्वसनीय पोट्र्रेट सट खिच्न सक्छन् ।
ह्वावे नोभा फाइभ टीमा प्रिमियम किरिन ९८० एआई प्रोसेसर जडित छ र ८ जीबी र्याम तथा शक्तिशाली ईएमयूआई ९.१ अपरेटिङ सिस्टम रहेको छ ।
नोभा फाइभ टीमा भएको २२.५ हुवावे सुपरचार्ज प्रविधिले फोन चाँडै चार्ज हुन्छ । मोबाइल उद्योगकै अग्रणी जीपीयू टर्बो ३.० हार्डवेयर–सफ्टवेयर इन्टिग्रेटेड ग्राफिक प्रोसेसिङ एक्सेलेरेसन प्रविधिले फुल फ्रेमिङ गेमिङ अनुभव प्रदान गर्छ ।
६.२६ इन्च ह्वावे पन्च फुल भ्यु डिस्प्ले भएको नोभा फाइभ टी को तौल मात्र १७४ ग्राम रहेको छ । वेफर जस्तो पातलो यस फोनको मोटाई ७.८७ एमएम रहेको छ जसले आकर्षक डिस्प्ले र स्लेन्डर लुक प्रदान गरेको छ । यो फोन क्रस ब्लु, ब्ल्याक तथा मिडसमर पर्पल रंगमा उपलब्ध छ ।
ह्वावेको प्रोपाइटरी एक्सटेन्डेबल रिड–अन्ली फाइल सिस्टमले औसत र्यान्डम रिड स्पिडलाई २० प्रतिशतले बढाउँछ । यसले रोम साइजलाई घटाएर सिस्टम स्टोरेज स्पेस बचाउन सघाउँछ । ह्वावे नोभा फाइभ टीको बजार मूल्य ५३ हजार ९ सय रुपैयाँ तोकिएको छ ।