९ मंसिर २०८१, आईतवार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ । प्रशासनिक भवन पनि अन्तिम चरणमा पुगेको छ ।
विशेष गरी उपकरण जडानको काम मात्र बाँकी रहेको जनाईएको छ । उपकरण जडान भएपछि भौतिक प्रगती बढ्ने छ । विमानस्थलको भौतिक पूर्वाधार तर्फ ८२ प्रतिशत काम सम्पन्न भइसकेको छ । पछिल्लो समय ओभरहेड ट्यांकी निर्माण, टर्मिनल भवनमा छानो लगाउने काम एकसाथ अगाडि बढाइएको छ।
मार्वल बिछ्याउने तथा टायल्स लगाउने काम भइरहेको छ । टर्मिनल भवनमा मार्वल, टायल, सीसीटिभी, एक्स–रे मेसिन जडानलगायत काम सुरु भइसकेको छ ।
सबै काम सकेर नेपाल भ्रमण वर्ष २०२० को पहिलो त्रैमासिकसम्ममा विमानस्थल सञ्चालनमा ल्याउने गरी प्रयास भइरहेको आयोजनाले जनाएको छ। आयोजनाले जनाएअनुसार विमानस्थल सञ्चालनको लागि आवश्यक पर्ने अध्यागमन, क्वारेन्टाइन, भन्सार, मौसम शाखा, सुरक्षा निकायलगायतका पदाधिकारीसँग छलफल अगाडी बढाइएको छ।
सरकारले २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता गरेको थियो।