३ चैत्र २०८२, मंगलवार
लामो समयदेखि पत्रकारिता पेशामा कलम चलाउँदै आएका वरिष्ठ पत्रकार चन्द्रकिशोर झा खोज पत्रकारिता केन्द्रको अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
बिहीबार ललितपुरमा भएको बाह्रौं साधारणसभाले अध्यक्षमा चन्द्रकिशोर, उपाध्यक्षमा निर्मला शर्मा, महासचिवमा किरण नेपाल र कोषाध्यक्षमा रामेश्वर बोहरालाई सर्वसम्मत चयन गरेको हो ।


तीन सदस्य पदमा भने निर्वाचन भएको थियो । सदस्यमा भृकुटी राई, राजाराम गौतम र लक्ष्मी बस्नेत निर्वाचित भएका छन् ।