एनआरएनएको अध्यक्षमा कुमार पन्त निर्वाचित

होमल्याण्ड खबर

२०७६ कार्तिक १ गते, शुक्रबार ११:०९ मा प्रकाशित

गैरआवासीय नेपाली संघ एनआरएनएको नेतृत्व कुमार पन्तको हातमा गएको छ । काठमाडौंको होटल हायातमा भएको नवौं महाधिवेशनले पन्तलाई अध्यक्षमा निर्वाचित गरेको हो । पन्तले अध्यक्षका प्रत्यासी कुल आचार्यलाई पराजित गरेका हुन्।

निकै प्रतिस्पर्धा भए पनि पन्तले बाजी मारेका हुन् । मतगणनाको सुरुवाती चरणमा भने आचार्य अगाडि रहेका थिए । त्यसैगरी कोषाध्यक्षमा महेश श्रेष्ठ विजयी भएका छन् ।

बिहीबार राति ११ बजेदेखि सुरु भएको मतगणना शुक्रबार बिहानमात्र सकिएको हो । निर्वाचनमा दुई हजार ५ सय ७० मतदाता रहेकोमा दुई हजार ३ सय ४० मत खसेको थियो।