३ चैत्र २०८२, मंगलवार
सांसद पार्वत गुरुङ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।
ज्यान मार्ने उद्योग गरेको आरोपमा अदालतबाट पक्राउ पूर्जी जारी गरिएका प्रतिनिधिसभा सदस्य गुरुङ आइतबार जिल्ला अदालत काठमाडौंमा हाजिर भएको हुन् । सांसद गुरुङ कार्यालय समय सुरु हुनेवित्तिकै अदालत हाजिर भएका थिए । अदालतले उनको बयान लिएको छ ।


प्रहरीले गुरूङ फरार रहेकाले अदालतबाटै पक्राउ पूर्जी ल्याउन माग गरेको थियो।