४ चैत्र २०८२, बुधबार
बुधबार दिउँसो चाबहिलस्थित मूल सडकको भत्काउँदै गरेको घर ढल्दा केही मजदुर घाइते भएका छन् । भत्किएको उक्त घरमा मानिस पुरिएको समेत हुन सक्ने आशंका गरिएको छ ।
भत्किएको भाग डोजर लगाएर पन्छ्याउने काम भइरहेको प्रहरीले जनाएको छ । चाबहिलबाट चुच्चेपाटी जाने मूल बाटोमा रहेको घर भत्किएको हो ।


केही दिनअघिबाट क्रेन प्रयोगगरी चारतले पुरानो घर भत्काउन थालिएको थियो ।
तर, आज भत्काउन थालिएको उक्त घर ढलेपछि मान्छे पुरिएको आशंका गरिएको छ । केही घाइते मजदुरलाई अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।