काठमाडौं आउँदै गरेको बस सुनकोशी नदीमा खस्यो

होमल्याण्ड खबर

२०७६ कार्तिक १७ गते, आईतवार १५:०१ मा प्रकाशित

दोलखाको मागा देउरालीबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटे नजिकै दुर्घटना भएको छ।

दुर्घटनामा ३ महिलासहित ४ जनाको मृत्यु भएको उद्धारमा खटिएका प्रहरीले जानकारी दिएका छन् । १२ जनालाई उद्धार गरी बनेपा अस्पतालमा उपचारका लागि पठाइएको छ ।

आइतबार दिउँसो बस सुनकोशी नदीमा खसेको हो।