सुकुटे दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुग्यो (अपडेट)

होमल्याण्ड खबर

२०७६ कार्तिक १७ गते, आईतवार १५:३८ मा प्रकाशित

दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोसीमा खस्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

शैलुङ्गेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सुनकोसी नदीमा खसेको हो । चालक धनबहादुर तामाङको सकुशल उद्धार गरिएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
घटनास्थलमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजाराम बर्तौलाका अनुसार नदीमा डुबेको बस क्रेनको सहायताले किनारमा निकालिएको छ । बसभित्र च्यापिएका र अचेत अवस्थामा एकजना यात्रु फेला परेका छन् । अन्य यात्रुहरू नदीले बगाएर आधा किलोमिटर तलसम्म पुर्याएको उनले बताए ।

दुर्घटना र घाइतेको प्रकृति हेर्दा मृतकको संख्या बढ्न सक्ने उनको भनाइ छ । २० घाइतेलाई धुलिखेल अस्पताल ल्याइएको छ ।