प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, शल्यक्रियाको तयारी

होमल्याण्ड खबर

२०७६ मंसिर १० गते, मंगलवार ११:२६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । एपेन्डिसाइटिस भएपछि अस्पतालले उनको अपरेसनको तयारी गरेको छ ।

पेट दुख्ने समस्यापछि आज बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिसको लक्षण देखिएको उपचारमा संलग्न चिकित्सक अरुण सायमी जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीलाई एपेन्डिसाइिटसको आशंकामा शल्यक्रियाको तयारी भइरहेको छ ।’

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल गएका थिए । परीक्षणका क्रममा क्रममा प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस देखिएको अस्पतालले जनाएको छ ।