४ चैत्र २०८२, बुधबार
बुधबार बेलुका सन्धिखर्क ६ नरपानीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको सँख्या १९ पुगेको छ । जसमध्ये १७ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा ज्यान गएको हो ।
सदरमुकाम सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना हुँदा उक्त घटना घटेको हो ।


सनाखत हुनेको नाम
दुर्घटनमा परी १८ जना घाईते भएका छन् भने ज्यान गुमाउनेहरुको मध्ये १० जनाको मात्र सनाखत भएको छ ।
सनाखत हुनेहरुमा सन्धिखर्क नगरपालिका वडा नं ७ निबासी शिवलाल भट्टराई, बलराम भट्टराई , माया पुरी, मोनिका खड्का, भुमिकास्थान नगरपालिका वडा नं न ९ का शैलेस थापा, कपिलवस्तु बस्ने वर्ष २७ की सीता बस्नेत, सन्धिखर्क नगरपालिका वडा नं १० का छविलाल गैरे, गुल्मी धुर्कोट २ बस्ने सशस्त्र प्रहरी जवान राज कुमार महत, बुद्धभुमि नगरपालिकाका गाडी चालक ओमबहादुर थापा र सिनपा निवासी गाडीधनी सन्तोष बस्नेत रहेका छन् ।
घाइतेको नाम
घाईते हुनेहरुमा विष्णु बहादुर अधिकारी, नन्द बहादुर बिक, रिजन कुँवर, गणेश पुरी, सपना कुँवर, कृष्ण बिक, विष्णु बिक, जिवन बिक, हुम बहादुर अधिकारी, कमल मुखिया, सरस्वती भट्टराई, अंकित थापा, स्पर्ष पोखरेल, विमला पोखरेल, प्रशान्त सुबेदी, लोकनाथ पाण्डेको अहिलेसम्म पहिचान खुलेको छ ।
साँघुरो सडक र घुमाउरो बाटो भएका कारण अधिकांश दुर्घटना हुने गरेका छन् ।