साग खेलकुद अवधिभर चक्रपथमा ठूला सवारीसाधन निषेध

होमल्याण्ड खबर

२०७६ मंसिर १२ गते, बिहीबार १५:४६ मा प्रकाशित

महानगरीय ट्राफिक प्रहरी महाशाखाले १३ औं दक्षिण एसियाली खेलकुदलाई मध्यनजर गर्दै ठूला सवारीसाधनलाई प्रवेश निषेध गरेको छ । साग खेलकुद अवधिभर चक्रपथमा ठूला सवारीसाधन निषेध गरिएको महाशाखाले सूचना जारी गरेको छ ।

अब साग खेलकुद मङ्सिर १५ देखि २४ गतेसम्म ठूला मालवाहक सवारी साधनहरू उपत्यकाको चक्रपथभित्र प्रवेश गर्न पाउने छैनन् । साग खेलकुदको समयमा सवारीको चाप वृद्धि हुने भन्दै ट्राफिक व्यवस्थापन सहज बनाउन महाशाखाले सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ ।

त्यस्तै दशरथ रंगशाला वरिपरिका सवारी मार्ग सकेसम्म प्रयोग नगरी अन्य वैकल्पिक तथा भित्री सडक प्रयोग गर्न आग्रह गरेको छ ।